डिलाशैनी गाउँपालिकाको घोषणा : शहीदका परिवारलाई मासिक ३ हजार भत्ता

बैतडीको डिलाशैनी गाउँपालिकाले शहीदका परिवारलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै गाउँपालिकाले शहीदका परिवारलाई मासिक भत्ता दिने घोषणा गरेको हो ।      

द्वन्द्वको क्रममा शहीद भएकाको परिवारलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत पालिकाले एक वर्षसम्म उनीहरूलाई नगद तीन/तीन हजार रुपैयाँ प्रदान गर्ने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । द्वन्द्वका क्रममा गाउँपालिकाका १६ जनाले ज्यान गुमाएका थिए । 

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५७ करोड ३७ लाख एक हजार रुपैयाँको बजेट ल्याएको छ । शिक्षातर्फ आगामी आर्थिक वर्षका लागि २४ करोड ३ लाख ४ हजार विनियोजन गरेको छ । यस्तै, स्वास्थ्यतर्फ २ करोड ५४ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। 

खानेपानीतर्फ १ करोड १८ लाख विनियोजन गरेको गाउँपालिकाले आर्थिक विकासतर्फ १ करोड विनियोजन गरेको छ । यस्तै, पूर्वाधार विकासतर्फ पाँच करोड ९५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।    
 





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार ७:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया