सत्ता पक्षका सांसदको प्रश्न- तीन जिल्लाको बजेट सच्चियो कि सच्चिएन ?

राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गरेकी छन् ।    

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले तीन जिल्लामा गएको बजेट सच्चिएर नआएसम्म आगामी आर्थिक वर्षको बजेट सन्तुलित नहुने बताइन् । सांसद राईले अहिलेको बजेट आशावादी बजेट नरहेको र आवश्यकताअनुसार नआएको दाबी गरिन् ।  

उनले अहिलेको बजेट निर्वाचन क्षेत्र केन्द्रित रहेको र अर्को पटक आफैंलाई चुनाव जित्ने र मन्त्री बन्ने दाउमा मात्रै आएकाले बजेटबाट आशा गर्न नसकिने बताइन् ।  

‘अहिले हामीले बजेट हेर्ने हो भने त्यो आशावादी बन्नसक्ने अवस्था छैन । अहिले पनि बजेट सन्तुलित छैन, व्यवहारिक छैन, केन्द्रीकृत छ, आत्मकेन्द्रित छ, अहिले पनि यो बजेट निर्वाचन क्षेत्रलाई जोगाउने र फेरि मन्त्री, सांसद हुने सपना बोक्ने किसिमको मात्रै छ । जनताको लागि भन्दा पनि आत्मकेन्द्रित हुने नै बजेट छ,’ राईले भनिन्, ‘हामीले पहुँचका आधारमा नभइ आवश्यकताका आधारमा बजेट विनियोजन होस् भनेका छौँ, तर तीन जिल्लाको कुरा मात्रै आए, सच्चिएर आयो की आएन, प्रधानमन्त्री, निवर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा गएको बजेट सच्चिएर आयो कि आएन ?’  

उनले जनताको अवस्था सरकार, नागरिक, किसान वा विदेशी कसले सोध्ने हो भन्दै प्रश्न पनि गरिन् ।  





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार १४:१५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया