जिसस डोटीको गाडी दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुकी करिब ६ः३० बजे जिल्लाको आदर्श गाउँपालिका–२ मौवामा जिल्ला समन्वय समिति डोटीको बा १ झ ९४३४ नम्बरको गाडी दुर्घटना हुँदा आदर्श–१ स्याउलेकी ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको हो ।  

दुर्घटनामा तीनजना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डिएसपी)युवराज भण्डारीले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा घाइते हुनेमा वीरबहादुर खड्का, रवीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

गाडी जिल्लाको आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भइ कच्ची सडकबाट ५ मिटर तल खसेको थियो ।  





  • प्रकाशित मिति : असार २७, २०८० बुधबार २१:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया