बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ : मन्त्री महतो

वन तथा वातावरण वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमहरूलाई प्राथमिकता दिइएको बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री महतोले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको बताएका हुन् ।

उनले त्यसका लागि वृक्षारोपण, बिरुवा उत्पादन, सहरी वन, हरियाली पार्कका कार्यक्रमहरू तीनै तहका सरकार र सरोकारवालाहरूको सहभागितामा कार्यान्वयनमा ल्याइने बताए । त्यसै गरी वन उद्यम प्रवर्द्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि तिनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिने पनि उनले उल्लेख गरे ।

उनले भने, ‘वन उद्यम प्रवर्द्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि आगामी आर्थिक वर्षमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिनेछ । वन अतिक्रमण, वन डढेलो लगायतबाट वनको संरक्षणमा यस मन्त्रालय सजग रहेको छ । राष्ट्रिय वन क्षेत्रहरूमा अतिक्रमण तथा डढेलो नियन्त्रणका कार्यक्रमहरूलाई सशर्त अनुदानका रूपमा प्रदेश सरकारहरूमार्फत बजेट उपलब्ध गराइएको छ ।’

मन्त्री महतोले जडीबुटी उत्पादन, प्रशोधन, भण्डारण, व्यवसायीकरण र विदेश निकासीका लागि जोड दिने गरी बजेट विनियोजन गरिएको बताए ।
 





  • प्रकाशित मिति : असार २८, २०८० बिहीबार १२:७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया