बजेटमा सहमति गर्न सुदूरपश्चिममा निर्वाचन क्षेत्रको बजेट ५ करोड पुर्याउने सहमति

सुदूरपश्चिममा प्रदेशमा आर्थिक वर्ष २०८०–०८१ को बजेटमा सांसदहरुले विरोध जनाएपछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम पाँच करोड बनाउने सहमति भएको छ ।
 
सुदूरपश्चिममा सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम तीन करोडबाट बढाएर पाँच करोड रुपैयाँ बनाउने सहमति हो । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले आज बसेको बैठकले पूर्वाधार विकास कार्यक्रमको रकम पाँच करोड पुर्याउनेसहित अन्य कुरामा पनि प्याकेजमा सहमति भएको जानकारी दिए । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले यस विषयमा लिखित सहमति गर्ने तयारी गरिरहेको छ । बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले पूर्वाधार क्षेत्रको बजेट बढाउने प्रस्ताव गरेका थिए । 

जसमा अरु दलका नेताहरुले सहमति जनाएको नेता दीर्घ सोडारीले बताए । सत्तारुढ गठबन्धनमा सहमति भएपछि सकभर आजै र नभए आइतबारसम्म बजेट पारित गर्ने तयारी भएको उनले बताए । 

सुदूरपश्चिममा सत्तारुढ गठबन्धनकै दलहरुले यथास्थितिमा बजेटको समर्थन गर्न नसकिने अडान लिएका थिए । त्यस विषयमा सहमति खोज्न सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकले प्रदेशसभा सदस्यहरुले सिफारिस गरेका योजना पनि बजेटमा समावेश गर्ने सहमति गरेको छ । 

मुख्यमन्त्री शाहले शुक्रबार सत्तारुढ दलका बैठक राखेका थिए । प्रदेश सरकारले प्रस्तुत बजेटमा नै प्रति प्रदेशसभा सदस्य (प्रत्यक्ष)लाई तीन करोडको दरले ९६ करोड विनियोजन गरेको थियो । यहाँ ३२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन् ।





  • प्रकाशित मिति : असार ३०, २०८० शनिबार १८:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया