आर्थिक वर्ष २०८०/८१ सुरु, यी क्षेत्रमा नयाँ कर लागू

आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरेको नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँदै छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले यस आवका लागि १५ जेठमा नै बजेट प्रस्तुत गरिसकेको छ । 

चालू आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । जसमध्ये चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब २ अर्ब सात करोड र वित्तीयतर्फ ३ खर्ब सात अर्ब ४५ करोड रुपैयाँ खर्च हुने सरकारको अनुमान छ । 

खर्च बेहोर्ने स्रोतमध्ये १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्वबाट, २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट, दुई खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋणबाट र ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदानबाट प्राप्त हुने अनुमान सरकारको छ ।    

सरकारले बजेटसँगै खर्चको स्रोत बेहोर्न नयाँ करका दरसमेत सार्वजनिक गर्छ । आर्थिक ऐनमार्फत सरकारले नयाँ करका दर लागू गर्छ । भन्सारसम्बद्ध कतिपय करका दर बजेट घोषणा भएकै दिन लागू हुन्छन् भने कतिपय करका दर आर्थिक वर्ष सुरु भएको दिनदेखि कार्यान्वयनमा आउँछन् ।  

चालू आवदेखि सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाख रुपैयाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा दुई प्रतिशतका दरले विलासिता शुल्क लागू गरेको छ । 

त्यस्तै, विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क पनि चालू आवदेखि लागू हुँदै छ । 



त्यस्तै, आजदेखि लागू हुनेगरी हवाई टिकटमा मूल्य अभिवृद्धि कर पनि लागू हुँदै छ । हवाई टिकटमा भ्याट लागेसँगै हवाई भाडा औसतमा छ प्रतिशतले बढ्ने वायु सेवा सञ्चालक संघले जनाएको छ ।    



  • प्रकाशित मिति : साउन १, २०८० साेमबार ८:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया