शिवचन्द्र कुशवाहासहित पाँच नेतालाई जनमतले गर्‍यो निलम्बन

जनमत पार्टीले पाँच नेतालाई निलम्बन गरेको छ । जनमतले गत उपनिर्वाचनमा बारा २ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका शिवचन्द्र कुशवाहासहित पाँच नेतालाई निलम्बन गरेको हो ।  

कुशवाहा उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए । 

बुधबार बसेको पार्टी अनुशासन समितिले कुशवाहा (बारा) सहित गुलाब मण्डल (सप्तरी), शंकर खड्का (सप्तरी), भोपेन्द्र यादव (रूपन्देही), भगवान दास यादव (कपिलवस्तु) लाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो । 

पार्टी उपाध्यक्ष तथा अनुशासन समितिका प्रमुख दीपककुमार साहका अनुसार केन्द्रीय सचिव रहेका भोपेन्द्र यादवलाई तीन महिनाका लागि निलम्बन गरिएको े जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस्तै, गुलाब मण्डल, शंकर खड्का र भगवान दास यादवलाई एक वर्षका लागि निलम्बन गरिएको छ । ‘यो कारबाहीपश्चात् सुधार देखाउने वा नदेखाउने व्यवहारअनुसार कारबाही फुकुवा वा थप कारबाही हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।


 





  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार १०:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया