जनमत पार्टीद्वारा पाँच नेतालाई कारबाही
फाइल तस्बिर

जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै सो पार्टीका पाँच नेतालाई कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका सो पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिए ।

उनका अनुसार कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ भने मण्डल, भगवानदास यादव र खड्कालाई जनमत पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरिएको छ । यसैगरी भोपेन्द्र यादवलाई पार्टीको सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरिएको जनाइएको छ ।

सो पार्टीले विज्ञप्ति प्रकाशन गरी कुशवाहाले पार्टी अनुशानविपरीत काम गर्दै आएको तथा पार्टी नेतृत्वविरुद्ध लागेको, भोपेन्द्र यादवले केन्द्रीय नीतिको उलङ्घन गरी गुटबन्दी गरेको जनाएको छ । 

यस्तै मण्डलले मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको, खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको तथा भगवानदास यादवले पार्टीका बैठक र काम कारबाहीका क्रममा होहल्ला गर्दै अनुशासनहिन काम गरेको सो विज्ञप्तिमा जनाइएको छ ।  





  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार १२:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया