लघुवित्तविरुद्ध आइतबार काठमाडौंमा प्रदर्शन [तस्बिरहरू]

काठमाडौंमा लघुवित्त तथा वित्तीय संस्थाविरुद्ध आइतबार पनि प्रदर्शन भएको छ । लघु वित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आह्वानमा माइतीघर मण्डलामा आमरण अनसन बस्दै आएका उनीहरूले आइतबार काठमाडौंको थापाथली, त्रिपुरेश्वर, रत्नपार्क हुँदै भद्रकालीसम्म र्‍याली निकाल्दै चर्को ब्याज असुली गर्ने वित्तीय संस्थाहरूलाई खारेज गर्नुपर्ने आफूहरूको अडान दोहोर्‍याएका हुन् । 

चर्को ब्याज असुली गर्ने र भ्रष्टाचारमा संलग्न वित्तीय संस्थाहरूलाई कारबाही गर्न सरकारसँग माग गर्दै उनीहरूले नाराबाजी पनि गरेका थिए । पीडितहरूले मिटर ब्याजमा ठगी गर्ने वित्तीय क्षेत्रका भ्रष्ट र दलालहरूलाई सरकारले कारबाही नगरेसम्म आफूहरूको आन्दोलन नरोकिने चेतावनी पनि दिँदै आएका छन् ।  

 





 

  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार १८:१६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया