logo-img

‘उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना सामाजिक सञ्जालमा नराख्नू’

नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ  बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।  

काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने, ‘कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने छ ।’ 

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ । रजिस्ट्रार डा. अधिकारीले भने, ‘चिकित्सकले पेसागत मर्यादाविपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नु हुँदैन ।’ 



सो नियमावलीविपरीत भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट कारबाही हुनसक्ने उनले बताए । 





  • प्रकाशित मिति : साउन १२, २०८० शुक्रबार १७:७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया