कोरियन भाषा परीक्षा आवेदन खुल्यो, २५ सय कामदार जान पाउने

कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरिएको छ । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउन भाषा परीक्षाको आवेदन माग गरिएको हो । 

इच्छुक नेपाली नागरिकले यही साउन २० देखि २४ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दर्ता गर्न सक्नेछन् । भाषा परीक्षा असोज १ गतेदेखि सञ्चालन हुने र सीप परीक्षणको मिति पछि तय हुने जनाइएको छ । 

एक दिनमा चार सिफ्ट गरी परीक्षा सञ्चालन हुने र आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुनसक्ने छ । आवेदक संख्या बढी भएमा पहिलो र दोस्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ ।

भाषा परीक्षा, सीप परीक्षण तथा अन्तर्वार्तामा प्राप्त गरेको प्राप्ताङ्कको आधारमा अधिकतम अंक प्राप्त गर्नेहरूमध्ये रोष्टरमा सूचीकृत गर्न पहिलो चरण र दोस्रो चरणमा गरी अनुमानित उत्तीर्ण सङ्ख्या २ हजार ५ सयको अन्तिम नतिजा प्रकाशन गरिने बताइएको छ ।  

हेर्नुस् सूचना :





  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार ७:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया