महराको दाबी : सुन प्रकरणमा मेरो संलग्नता छैन, आवश्यक परे छानबिनमा सहयोग गर्छु

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । सुन प्रकरणमा आफ्नो नाम जोडिएर आइरहेकोमा आपत्ति जनाउँदै उनले यसमा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गरेका हुन् ।  

महराले चिनियाँसँग आफूले फोन नगरेको र उल्लेख गरिएका फोन नम्बर पनि आफ्नो नभएको उल्लेख गरेका छन् । उनले यस सम्बन्धमा आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन्  ।  

‘केही दिन यता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु,’ महराले फेसबुकमा लेखेका छन्, ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु । साथै आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रम मा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’  

गत १० पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो । उक्त तस्करीको सुन छुटाउन महरा र उनका छोरा राहुल महराले पटकपटक भन्सार अधिकारीहरूलाई दबाब दिएको सार्वजनिक भएको थियो ।  





  • प्रकाशित मिति : साउन १८, २०८० बिहीबार ९:५५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया