गण्डकी प्रदेशसभा बैठक बस्दै, कार्यसूची तय हुन बाँकी

गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ । 

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेको छैन ।  

प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेश सभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेशसभा बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए ।

गत २२ असारदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो ।  





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार १०:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया