logo-img

अल नासर बन्यो अरब क्लब च्याम्पियन, रोनाल्डोको सानदार प्रदर्शन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि साउदी क्लब अल नासरले जितेको छ । गएराति सम्पन्न फाइनलमा साउदीकै अल हिलाललाई अतिरिक्त समयमा २–१ ले हराउँदै क्रिस्टियानो रोनाल्डो नेतृत्वको अल नासरले उपाधि जितेको हो । 

अल नासरलाई उपाधि दिलाउन रोनाल्डो एक्लैले २ गोल गरे । 



अल हिलालका लागि माइकलको नाममा १ गोल रह्यो । साउदीको किङपान स्टेडियममा भएको खेलमा ५१औँ मिनेटमा माइकलले अल हिलाललाई सुरुवाती अग्रता दिलाए ।

अल हिलाललाई अग्रता कायमै राख्ने सुनौलो मौका थियो । किनकी ७१औँ मिनेटमा अब्दुल्लाह अल एम्रीले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा समेटियो । त्यसका बाबजुद पनि अल नासरले ७४औँ बराबरी गोल फर्कायाे । 

रोनाल्डोले सुल्तान अल घनामको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन् ।



निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । जसमा ९८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ ले च्याम्पियन बनाए । अरब क्लब च्याम्पियन्स कपमा उनको छैटौँ गोल हो । 




  • प्रकाशित मिति : साउन २८, २०८० आइतबार ७:२६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया