मेस्सी चम्किँदा मियामीले जित्यो लिग्स कपको उपाधि

कप्तान लियोनल मेस्सीको सानदार प्रदर्शनमा लिग कपको उपाधि इन्टर मियामीले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा सानभिल एससीलाई सडनडेथमा १०–९ ले हराउँदै इन्टर मियामीले पहिलोपटक लिग्स कपको उपाधि जितेको हो । 

नासभिल एससीको जेओडिस पार्क मैदानमा भएको खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोल गरे । निर्धारित पेनाल्टी सुटआउटसमेत ४–४ को बराबरी सकिएपछि खेलको नतिजा सडनडेथबाट निस्किएको हो । जसमा मियामीले बाजी मार्न सफल भयो । 

त्यसअघि मेस्सीले खेलको २३औँ मिनेटमा गोल गर्दै मियामीलाई सुरुआताी अग्रता दिलाएका थिए । उनले बक्सबाहिर प्राप्त बललाई दोस्रो बारको टप कर्नरमा गोल गरे ।   

दोस्रो हाफमा भने मियामीले अग्रता जोगाउन सकेन । खेलको ५७औँ मिनेटमा नासभिलका खेलाडीको प्रहार रोक्नेक्रममा गोलकिपर ड्राक क्यालेन्डरको खुट्टामा लाग्दै गोल हुन पुग्यो ।



सेमिफाइलनमा मियामीले फिलाडेल्फिया युनियनलाई ४–१ ले यस्तै, नासभिलले मोन्टेरीलाई २–० ले हराउँदै मियामीसँगको फाइनल भेट पक्का गरेको थियो ।

जारी सिजनमा मेस्सीले मियामीका लागि ७ खेलमा १० गोल गरिसकेका छन् । उनी यही सिजनमा मियामीमा अनुबन्धित भएका थिए ।    



  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार ९:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया