नेताहरूको छोरा-छोरीबाट नै गणतन्त्रको खतरा : अमरेशकुमार सिंह
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरेका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले हरेक बैठकमा प्रधानमन्त्रीको छोरीलाई सहभागी गरिने गरेकोमा आपत्ति जनाउँदै गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरे ।  

‘गणतन्त्र भनेको जनताको शासन हो । गणतन्त्रमा नेतातन्त्र कसरी भयो ? नेताको छोरी या प्रधानमन्त्रीको छोरीले हरेक मिटिङमा बस्न कसरी पाउँछ ? प्रश्न गर्न चाहन्छु । यस्तै नेता र उनीहरूको बच्चाबाट नै छ, गणतन्त्रको खतरा र भ्रष्टाचारको जरा त्यहीबाट सुरु हुन्छ,’ सिंहले भने । 

उनले भ्रष्टाचारको काण्ड सबै खोल्ने तर टुङ्गोमा किन पुग्दैन भन्दै प्रश्नसमेत गरे । 





  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार १४:२१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया