एमबाप्पे चम्किँदा पिएसजीको फराकिलो जित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

केलियन एमबाप्पे चम्किँदा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । गएराति समपन्न खेलमा पीएसजीले पुछारको लियोनविरुद्ध ४–१ को जित निकालेको हो । 

पीएसजीले पहिलो हाफमै चार गोल गरेको थियो । खेलको सुरुआतमै एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

हाकिमीले २०औँ मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए । एसेन्सियोले ३८औँ मिनेटमा पीएसजीका लागि तेस्रो गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४–० ले अघि बढाए । दोस्रो हाफको ७४ औँ मिनेटमा घरेलु टोली लियोनका कोरेन्टिन टोलिसोले पेनाल्टीमा एक गोल फर्काए । 

दोस्रो स्थानमा रहेको पीएसजी जारी सिजन अपराजित छ । उसले ४ खेलबाट ८ अंक जोडेको छ । लियोन एक अंकसहित तालिकाको पुछारमा छ ।





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार ९:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया