भारतसँगको नेपालको ऐतिहासिक प्रतिस्पर्धाले गौरवान्वित बनायो : कमल थापा
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एसिया कपमा नेपालले भारतसँग गरेको ऐतिहासिक प्रतिस्पर्धाले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको बताएका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत उनले खेलाडीको आत्मविश्वास र प्रतिभाको उत्कृष्ट प्रदर्शनका निम्ति बधाई दिएका हुन् ।

‘सातपटक एसिया कप र दुईपटक विश्वकप जितेको भारतसँग नेपाली खेलाडीले जुन प्रतिस्पर्धात्मक खेल खेले, त्यसले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको छ,’ थापाले लेखेका छन्, ‘आत्मविश्वास र प्रतिभाको उत्कृष्ट प्रदर्शनका निम्ति नेपाली खेलाडीहरूलाई बधाई, स्याबास टिम नेपाल ।’ 





  • प्रकाशित मिति : भदौ १९, २०८० मंगलबार ८:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया