logo-img

समाजवादउन्मुख शिक्षा नीति बन्नुपर्छ, शिक्षकलाई निजामती कर्मचारीको रूपमा स्वीकार गर्नुपर्छ : सांसद सापकोटा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले ल्याएको शिक्षा विधेयक पूर्ण नभएको स्वीकार गरेका छन् । ‘विद्यालय शिक्षा विधेयक’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यो विधेयक पूर्ण नरहेको र त्यसलाई आवश्यक परिमार्जन गर्न जरुरी रहेको बताएका हुन् । 

‘यो विधेयक पूर्ण भएको छैन र यसलाई पूर्ण बनाउनका लागि आधारभूत रूपमा समाजवादउन्मुख हुने, सामाजिक न्यायको सिद्धान्तलाई स्वीकृत गर्ने प्रतिबद्धता हुनुपर्छ,’ उनले भने, ‘शिक्षकहरूलाई उच्च मनोबल प्रदान गर्ने काम राज्यको हो, र अहिलेको विधेयकमा त्यसलाई सुनिश्चित गर्नुपर्छ । शिक्षकलाई निजामती कर्मचारीको रूपमा स्वीकार गर्नुपर्छ र त्यसअनुसारको व्यवस्थामा जानुपर्छ ।’

उनले अहिले प्राप्त राजनीतिक उपलब्धिलाई सामान्य रूपमा हेरिएको भन्दै असन्तुष्टि पोखे । उनले समाजवादको लक्ष्य पूरा गर्ने गरी काम गर्नुपर्ने बताए । 



उनले भने, ‘निकै लामो बहस र बलिदानबाट यो व्यवस्था आएको हो, तर मानिसहरू सजिलैसँग यसलाई आलोचना वा टिप्पणी गर्ने गरेका छन् । अहिले यो व्यवस्थालई विभिन्न बहानामा भत्काउने, भ्रम पैदा गर्ने र विकर्षण पैदा गरेर यसलाई उल्टाउने एउटा प्रकारको सपना पनि सँगसँगै छ ।’ 

‘समाजवाद असम्भव विषय होइन, तर आज हामीले गर्ने सबै कार्य समाजवादउन्मुख हुनेगरी गर्नुपर्छ । शिक्षा क्षेत्रको निजीकरणलाई सम्पूर्ण रूपमा बन्द गर्न सक्दैनौँ । तर, समाजवादउन्मुख हुनेगरी हाम्रो शिक्षा नीति बन्नुपर्छ ।’

उनले शिक्षा सबैभन्दा ठूलो सम्पति भएको भन्दै यसलाई प्रभावकारी बनाउन सदनमा आवाज उठाउने प्रतिबद्धता जनाए ।





  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार १९:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया