logo-img

शिक्षकका जायज मागमा नाइँ नभनाैँ, स्वतः स्थायी गर्दै नगरौँ : शिक्षाविद् कोइराला

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले शिक्षकलाई राजनीतिक कार्यकर्ता बनाइएको भन्दै असन्तुष्टि पोखेका छन् । ‘विद्यालय शिक्षा विधेयक’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले शिक्षकलाई राजनीतिक कार्यकर्ता बनाएको विषयलाई अस्वीकार गर्न नसकिने भन्दै उनले विद्यार्थीलाई पनि दलार्थी बनाइएको टिप्पणी गरे । 
 
‘हामीले शिक्षकहरूलाई राजनीतिक कार्यकर्ता नै बनाएको हो । यसलाई नाइँ भन्न मिल्दैन । त्यस्तो भन्ने हो भने अपराध हुन्छ । यसमा सोच्न आवश्यक छ,’ उनले भने, ‘दलकै आस्था हुने हो भने दलले खोजेको शिक्षा कार्यान्वयन गरौँ । दलको आस्था होइन, त्योभन्दा माथि उठ्ने हो भने राजनीतिक दलहरूले अब शिक्षक, विद्यार्थी, कर्मचारीमा हामीले संगठन जानी–नजानी यो खोल्नुहुँदैन भनेर भनौँ ।’

त्यस्तै, उनले नेपालको शिक्षा प्रणाली बिग्रनुमा विद्यार्थी नेताको समेत हात रहेको संकेत गरे । उनले भने, ‘विद्यार्थीलाई नेता मिल्दा जिन्दावाद, नेता नमिल्दा निहँु खोजावाद त्यही मात्रै हो हाम्रो तरिका, त्यो भनेको विद्यार्थी होइन । त्यो दलार्थी हो, दलको अर्थी हो ।’ 

उनले शिक्षकका जायज माग मात्रै पूरा गर्नुपर्ने भन्दै भने, ‘शिक्षकहरूका केही माग छन्, त्यो नाइँ भन्न पर्ने छैन । तर, स्वतः स्थायी गर्ने काम गर्नुहुँदैन ।’







  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार २१:१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया