रियलको कठिन जितमा बेलिङ्घमको निर्णायक गोल

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुआत गरेको छ । समूह ‘सी’ को खेलमा युनियन बर्लिनलाई १–० ले हराउँदै रियलले विजयी सुरुआत गरेको हो ।

बुधबार राति भएको खेलमा रियललाई जित दिलाउन जुड बेलिङ्घमले निर्णायक गोल गरे । उनले बराबरीतर्फ गइरहेको खेलको इन्जुरी समयमा गोल गरेका हुन् ।

फेडरिको भाल्भर्डेको प्रहार फर्किएपछि बेलिङ्घमले खाली पोस्टमा गोल गर्न सफल भए । उनी यही सिजनमा बोरुसिया डर्टमण्डबाट रियलमा अनुबन्धित भएका थिए ।

समूह ‘सी’ को अर्को खेलमा सिरी ‘ए’ क्लब नापोलीले स्पोर्टिङ ब्रागालाई २–१ ले हरायो ।   
 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार ६:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया