शिक्षकलाई स्थानीय तह प्रमुखको निर्देशन- विद्यालय सञ्चालन गर्नू

काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आज धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो ।

अनिश्चितकालीन विद्यालय बन्द गर्दा विद्यार्थीको शैक्षिक अधिकार हनन् भएको ठहर गर्दै काभ्रेपलाञ्चोकका स्थानीय जनप्रतिनिधिले निणर्यसहित उक्त निर्देशन दिएका हुन् । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले एक विज्ञप्ति जारी गर्दै बन्द गरिएका विद्यालय तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । 

‘विद्यालय बन्द गर्दा बालबालिकाको शैक्षिक अधिकार हनन् हुनुका साथै शिक्षामा ठूलो असर परेकाले सबै सरोकारवाला संवेदनशील भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाली विद्यालय सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेका हौँ’, लामाले भने ।

विज्ञप्तिमा काभ्रेपलाञ्चोकका १३ मध्ये दश स्थानीय तहका प्रमुखले हस्ताक्षर गर्नुभएको छ । विज्ञप्तिमा ‘यदी तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले संविधानमा रहेका संवैधानिक व्यवस्थाअनुसार पठनपाठन सञ्चालन गर्न बाध्य हुने’ चेतावनीसमेत दिइएको छ । 

उक्त बैठकले नेपाल सरकारले संसदमा छलफलको लागि दर्ता शिक्षा विधेयक २०८० तत्काल फिर्ता गरी संशोधनसहित समाधानको बाटो छिटोभन्दा छिटो खोज्नसमेत आग्रह गरेको छ ।  





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार १५:२४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया