आइपिओ जारी गर्ने तयारीमा आयल निगम

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने तयारीमा रहेको बताएका छन् ।  

मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारण सभामा कार्यकारी निर्देशक थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा सातौंपटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए ।

उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आइपिओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणको लागि आइपिओ जारी गर्न प्रतिवद्ध रहेको बताए । उनले सर्वसाधारण जनतासमेतलाई निगममा ओनरसिप बनाउन आइपिओ जारी गर्ने बताए । 

उनले व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आइपिओ दिने तयारी रहेको बताए । थानीले विभिन्न प्राविधिक पक्षहरू रहेकाले केही समय लाग्ने बताए । उनले ग्यास व्यवसायीप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताए ।

‘ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा छैन । सरकारले व्यवसायीहरूका मागहरू समय सापेक्षरूपमा सम्बोधन गर्दै जान्छ । केही मागहरू सम्बोधन गर्नुपर्ने छ । मागहरू सञ्चालक समितिमा अड्किएर बसेका पनि छन्,’ थानीले भने, ‘व्यवसायीहरूमा मागहरू चाँडै सम्बोधन गर्नेछौँ । नेपाल आयल निगमले वि.सं २०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने हिसाबले आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ ।’

नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू गर्न माग गरे । उनले एलपी ग्याँसको मूल्य अचानक बढ्दा व्यवसायीलाई समस्या भइरहेको बताए । 



उनले व्यवसायमा लागतअनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याँस उद्योगले विभिन्न समस्या भोग्नुपरेको बताए ।    

मल्लीले ग्याँस उद्योगीको नाफा १० वर्ष अगाडिको ३२ रुपैयाँ अहिलेसम्म कायम रहेको बताए । निगमले पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू नगरेर ग्याँस उद्योगीलाई पाखा लगाएको आरोप लगाए ।  
 



  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार १३:३७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया