विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्छ : अमरेशकुमार सिंह

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभामा शिक्षा विधेयकमाथिको छलफलमा भाग दिँदै उनले शिक्षा मन्त्रालयलाई घुस खुवाएर, शिक्षा मन्त्रालयलाई एन्जिओकरण गराएको भन्दै व्यवस्थापन समितिको कुनै आवश्यकता नरहेको बताएका हुन् । 

उनले भने, ‘विदेशीले नेपाललाई बरबाद पार्नको लागि व्यवस्थापन समिति लादिएको हो ।  शिक्षा मन्त्रालयलाई घुस खुवाउने र शिक्षा मन्त्रालयलाई एन्जिओकरण गराउने व्यवस्थापन समितिको कुनै आवश्यकता छैन । आफ्नो श्रीमती, भतिजा, छोरीलाई बिना परीक्षाको नियुक्ति गर्ने समिति खारेज हुनुपर्छ ।’

सांसद सिंहले व्यवस्थापन समितिलाई नियुक्तिको अधिकार दिनु गलत रहेको उल्लेख गर्दै भने, ‘व्यवस्थापन समितिलाई नियुक्तिको अधिकार दिनु नै आफैमा गलत हो ।’ उनले सबै शिक्षकहरूलाई दलको झोले बनाएको आरोप लगाए  ।





  • प्रकाशित मिति : असोज १९, २०८० शुक्रबार १४:३६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया