सेप्टेम्बरमा अस्ट्रेलियाको बेरोजगारी ३.६ प्रतिशतमा झर्‍यो
फाइल फाेटाे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सेप्टेम्बरमा अस्ट्रेलियाको बेरोजगारी ३.६ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित मासिक श्रम शक्ति तथ्यांकअनुसार अस्ट्रेलियाको अर्थतन्त्रले अगस्ट र सेप्टेम्बरको बीचमा ६ हजार ७ सय रोजगारी थपेको छ ।

तथ्यांकबारे जवाफ दिँदै कोषाध्यक्ष जिम चाल्मर्सले २०२२ मा सत्ताधारी लेबर पार्टीले सत्ता प्राप्त गरेदेखि ५ लाख ६१ हजार ५ सय सम्म रोजगारी सिर्जना गरेको बताउनु भयो । यो सङ्ख्या कुनै पनि सरकारले पहिलो कार्यकालमा सिर्जना गरेको सबैभन्दा धेरै रोजगारी हो ।

एबीएसले अगस्ट र सेप्टेम्बरको बीचमा बेरोजगारीमा गिरावट आउनुको कारण श्रम बलमा मानिसको संख्यामा आएको कमी भएको बताएको छ । 





  • प्रकाशित मिति : कात्तिक ५, २०८० आइतबार १०:१०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया