भलिबल खेलाडी श्रेष्ठ मृत फेला

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ धादिङमा झुन्डिएको अवस्था मृत भेटिएका छन् । उनी सिद्धलेक गाउँपालिका–३, ढोडेनीमा झुन्डिएको अवस्थामा उनको शव फेला परेका जिल्ला प्रहरी कार्यालय, धादिङका डिएसपी सन्तु जैसवालले जानकारी दिए ।  

श्रेष्ठ गंगाजमुना–४, गुम्दीका स्थायी बासिन्दा हुन् । उनी बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए ।

मनोज धादिङको टिमका कप्तान थिए । उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो । श्रेष्ठ टिमसहित सलाङमा बस्न गएको बताइएको छ । 

श्रेष्ठकी श्रीमती विदेशमा छिन् । मृत्युको कारण पोस्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ । घटनास्थल आसपास हालसम्म सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन ।





  • प्रकाशित मिति : कात्तिक ९, २०८० बिहीबार ९:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया