विश्वकप क्रिकेट–२०२३ बाट बाहिरियो इंग्ल्यान्ड

इंग्ल्यान्ड विश्वकप क्रिकेट–२०२३ बाट बाहिरिएको छ । अस्ट्रेलियासँग ३३ रनले पराजित भएसँगै डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डको चुनौती समाप्त भएको हो ।

आफ्नो सातौँ खेलमा इंग्ल्यान्ड छैटौँपटक पराजित भएको हो । यससँगै टिम २ अंकमै सीमित रह्यो ।

अस्ट्रेलिया सात खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ । यो जितले उसको अन्तिम चारको यात्रा सम्भावना बलियो बनेको छ । उसको यो लगातार पाँचौँ जित हो ।

जितका लागि २ सय ८७ रनको लक्ष्य पाएको इंग्ल्यान्डले ४८.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ५३ रन मात्र बनाउन सक्यो । यसमा बेन स्टोक्सले सर्वाधिक ६४ रन बनाए ।

यस्तै, डाविड मालन ५० र मोइन अलिले ४२ रन बनाए । अस्ट्रेलियाली बलरमध्ये एडम जाम्पाले तीन विकेट लिए । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुन अगाडि २ सय ८५ रन बनाएको थियो ।

त्यसमा मार्नस लबुचेनले सर्वाधिक ७१ रन बनाए । त्यसबाहेक स्टिभ स्मिथले ४४ र क्यामरुन ग्रिनले ४७ रनको योगदान दिए । इंग्लिस बलरमध्ये क्रिस वक्सले ५४ रनमा चार विकेट हात पारे ।





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार २३:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया