प्यालेस्टिनीको समर्थनमा टर्कीमा जुलुस, अमेरिकाविरुद्ध नारा

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनको अंकारा भ्रमण हुनुभन्दा केही घण्टाअघि दक्षिणी टर्कीमा रहेको इन्सर्लिक एयर बेसबाहिर प्यालेस्टाइनीलाई समर्थन गर्न सयौं टर्की जनताहरूले जुलुस निकालेका छन् । 

धेरै अमेरिकी सेनाहरू दक्षिणी सहर अडानाको इन्सर्लिक एयर बेसमा तैनाथ छन् । टर्की र प्यालेस्टिनी झण्डा बोकेका प्रदर्शनकारीहरूले इजरायल र संयुक्त राज्य अमेरिकाको विरुद्धमा नारा लगाएका थिए । साथै ढुङ्गा, बोतल हान्दै निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए । 

मानवीय राहत प्रतिष्ठानले आयोजना गरेको र्‍यालीलाई शान्त पार्न टर्की प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट उत्पन्न मानवीय संकटका कारण शनिबार अंकाराले इजरायलका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार १२:५५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया