सिटी च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइलनमा, हालान्डको दुई गोल

साबिक विजेता म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित योङ ब्वाइजलाई ३–० ले हराउँदै सिटी प्रिक्वार्टरफाइलनमा प्रवेश गरेको हो ।  

घरेलु मैदान इत्तिहादमा भएको खेलमा सिटीको जितमा एर्लिङ हालान्डले दुई र फिल फोडेनले एक गोल गरे । समूह ‘जी’ मा सिटीले चार खेलबाट चार जितसहित १२ अंक छ । 

आरबी लाइपजिगको ९ तथा रेड स्टार र योङ ब्वाइजको समान एक अंक  छ । राति नै भएको समूहको अर्काे खेलमा आरबी लाइपजिगले रेड स्टारलाई २–१ ले हरायो । अब सिटीले २५ नोभेम्बरमा चिरपरिचित लिभरपुलको सामना गर्नेछ । 
 





  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार ७:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया