logo-img

रानीपोखरीस्थित बालगोपालेश्वरमा भाइटीका लगाउनेको भीड [तस्बिरहरू]

वर्षको एक दिन मात्रै खुल्ने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन खुलेसँगै तिहारको भाइटीका लगाउन सुरु भएको छ । आज बुधबार यमपञ्चकको अन्तिम दिन भाइटीका लगाइने परम्परा अनुसार आज बालगोपालेश्वरमा भाइटिका लगाउनेहरूको भीड देख्न सकिन्छ । 

आफ्नो दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले आज बालगोपालेश्वरमा गइ भाइटिका लगाउने परम्परा रहेको छ । आज बिहानैदेखि बालगोपालेश्वरमा तिहारमा भाइटिका लगाइ आशीर्वाद दिने र लिनेहरूको भीड देख्न सकिन्छ । भाइटीका थाप्न पुग्नुभएका खेम ढकालले आफ्नो दिदीसँग टीका लगाउन नमिलेका कारण आफू टीका लगाउन बालगोपालेश्वर पुगेको बताए ।  

उनले दिदीबहिनीसँगै टीका लगाएको अनुभव आफूलाई भएको बताए । त्यस्तै बद्रीनाथ श्रेष्ठले दिदीबहिनी नभएका कारण टीका लगाउन आएको र १० वर्ष यता बालगोपालेश्वरमा आइरहेको बताए ।  







 

  • प्रकाशित मिति : कात्तिक २९, २०८० बुधबार १०:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया