फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प

फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार दिउँसो दक्षिणी फिलिपिन्सको डाभाओ ओक्सीडेन्टलमा ७.२ रेक्टर स्केलको प्रारम्भिक भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले जनाएको छ । 

स्थानीय समयअनुसार दिउँसो ४ बजेर १४ मिनेटमा भूकम्प गएको संस्थानले जनाएको छ । १० किलोमिटरको गहिराइमा सारङ्गानी शहरबाट ३० किलोमिटर दक्षिणपश्चिममा केन्दबिन्दु रहेको बताइएको छ ।  

इन्स्टिच्युटले टेक्टोनिक भूकम्पले पराकम्पन आउने र क्षति पुर्याउने बताएको छ । 





  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार १२:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया