बार्सिलोना च्याम्पियन्स लिगको नकआउटमा, पीएसजी बराबरीमा रोकियो

बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा पोर्टोलाई २–१ गोलले हराउँदै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा १–० गोलले पछि परेको स्थितिमा बार्सिलोनाले पुनरागमन जित निकाल्यो । ३० औँ मिनेटमा ब्राजिलियिन विंगर पेपेले गोल गर्दै पोर्टोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३२ औँ मिनेटमै जोवाओ कान्सेलोले गोल गर्दै खेललाई बराबरी गरे ।

५७ औं मिनेटमा जोवाओ फिलिक्सले गोल गर्दै बार्सिलोनालाई जित दिलाए । बार्सिलोनाले सन् २०२०र२१ को सिजन पछि पहिलोपटक नकआउटमा चरणमा स्थान बनाएको हो ।

समूह ‘एच’ मा रहेको ऊ ५ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानको पोर्टो र तेस्रो स्थानमा रहेको शाख्तर डोनेस्कको समान ९–९ अंक छ ।   

गएराति नै भएको खेलमा बोरुसिया डर्टमन्डले एसी मिलानलाई ३–१ गोलले हराउँदै नकआउट चरणमा स्थान बनायो । गएराति नै भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेन पीएसजी घरेलु मैदानमा न्युक्यासलसँग १–१ बराबरीमा रोकियो ।  





  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार ७:१०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया