अमेरिकी राष्ट्रपति बाइडेनका पुत्रमाथि आरोपै आरोप

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई क्यालिफोर्नियामा करसम्बन्धी नौवटा आरोपमा अभियोग लगाइएको छ । सन् २०२४ को राष्ट्रपति चुनावको बीचमा यो अनुसन्धान निकै महत्वपूर्ण भएको मानिएको छ । 

उनीमाथि डेलावेयरमा २०१८ मा बन्दुकको अवैध खरिदसँग सम्बन्धित तीनवटा अपराध र ६ वटा नयाँ दुराचारको आरोप पनि लगाइएको छ । दोषी ठहरिए ५३ वर्षीय हन्टरलाई अधिकतम १७ वर्षको जेल सजाय हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

हन्टर बाइडेनले कर तिर्नुको सट्टा एक असाधारण जीवनशैलीमा लाखौं डलर खर्च गरेको जनाइएको छ । २०१६ र २०१९ बीचको करहरूमा तिरेको १४ लाख डलरको अपचलन भएको उल्लेख गरिएको छ ।

यो अवधिमा उनले लागूऔषधको लतसँग संघर्ष गरेको स्वीकारेका छन् । एक लागूऔषध दुर्व्यसनीले कानुनी रूपमा बन्दुक वा अन्य कुनै हतियारको स्वामित्व लिन सक्दैन तर हन्टरले बन्दुक खरिद गरेर अमेरिकी कानुन तोडेको अभियोग लगाइएको छ ।

संसदमा रिपब्लिकन सांसदहरूले राष्ट्रपतिविरुद्ध पनि छानबिन र महाभियोगको माग गरिरहेका छन् । बाइडेनले आफ्ना छोरासँग मिलेर ठूलो योजनाको रकम हिनामिना गरेको उनीहरुको दाबी छ । 

छानबिन अनुमोदनका लागि अर्को साता सदनमा मतदान हुन सक्ने बताइएको छ ।
 





  • प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार १३:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया