यू–१९ एसिया कप सेमिफाइनल : बंगलादेशसँग भारत १८८ रनमै अलआउट

यूएईमा जारी एसिसी यू–१९ एसिया कपको सेमिफाइनलमा बंगलादेशसँग भारत १ सय ८८ रनमै अलआउट भएको छ । दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको भारत ४२.४ ओभरमा १ सय ८८ रनमै समेटिएको हो । 

उसका लागि मुर्गन अभिषेकले ६२, मुशीर खानले ५०, प्रियांशु मोलियाले १९, सचिन दासले १६ र राज लिम्बानीले अविजित ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

बंगलादेशका लागि मारुफ मृधाले चार, शेख पावेज जीवन र रोहनत दौल्लाह बोर्सनले दुई/दुई तथा महफुजुर रहमान रब्बीले एक विकेट लिए । भारत समूह ‘ए’ विजेता तथा बंगलादेश समूह ‘बी’ विजेताको रूपमा सेमिफाइनल पुगेका थिए । 

नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणमा नेपालले पाकिस्तानसँग ७ विकेट, अफगानिस्तानविरुद्ध ७३ रन तथा भारतविरुद्ध १० विकेटको हार बेहोरेको थियो । 
 





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार १५:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया