दक्षिण कोरियामा विदेशी बासिन्दाको संख्या बढ्दै

सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको संख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ ।

कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको संख्या सन् २०२३ मा १४ लाख ३० हजार पुगेको छ । यो एक वर्षअघिको तुलनामा नौ दशमलव नौ प्रतिशतले बढी हो । यो सन् २०१७ मा सान्दर्भिक तथ्याङक सार्वजनिक गर्न थालेपछिको सबैभन्दा धेरै हो ।
 
दक्षिण कोरियामा बसोबास गर्ने चिनियाँ नागरिकको सङ्ख्या यस वर्ष तीन दशमलव छ प्रतिशतले बढेर एक लाख ३५ हजार पुगेको छ । यसैगरी भियतनामी नागरिकको संख्या १९ दशमलव एक प्रतिशतले बढेर दुई लाख एक हजार पुगेको छ ।
 
पाँच वर्षदेखि दक्षिण कोरियामा १५ वर्ष वा सोभन्दा माथिका अङ्गीकृत नागरिकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २०२३ मा दुई दशमलव पाँच प्रतिशतले घटेर ५१ हजारमा पुगेको छ ।

रोजगारी भएका विदेशी बासिन्दाको सङ्ख्या नौ दशमलव पाँच प्रतिशतले बढेर सन् २०२३ मा नौ लाख २३ हजार पुगेको छ । चालू वर्षमा अङ्गीकृत व्यक्तिको रोजगारीको सङ्ख्या शून्य दशमलव छ प्रतिशतले बढेर ३४ हजार पुगेको छ ।  





  • प्रकाशित मिति : पुस २, २०८० साेमबार १७:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया