‘इजरायलले गाजामा सहायता वितरणमा ठूलो अवरोध खडा गरेको छ’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका छन् । 

इजरायलको आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका हुन् । गाजामा प्रभावकारी सहायता सञ्चालनका लागि सुरक्षा, सुरक्षामा काम गर्नसक्ने कर्मचारी, लजिस्टिक क्षमता र व्यावसायिक गतिविधि पुनः शुरु गर्न आवश्यक रहेको बताए ।

करिव १९ लाख मानिस - गाजाको जनसंख्याको ८५ प्रतिशत - आफ्नो घर छोड्न बाध्य भएका छन् । गुटेर्रेसले गाजामा तुरुन्तै सहायता पुर्याउन आह्वान गर्ने सुरक्षा परिषद्को प्रस्तावले अन्ततः मानवीय युद्धविराम हुन मद्दत गर्ने आशा व्यक्त गरे ।   





  • प्रकाशित मिति : पुस ७, २०८० शनिबार ११:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया