गाजामा युद्धबाट मृत्यु हुनेको संख्या २० हजार २८५ पुग्यो

इजरायल–हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या हालसम्म २० हजार २८५ पुगेको छ । ७ अक्टोबरमा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही सुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको छ । 

गाजापट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८  अन्य घाइते भएका छन् । 

१.९ मिलियन प्यालेस्टिनी बासिन्दाहरू अर्थात् गाजा जनसंख्याको लगभग ८५ प्रतिशत विस्थापित भएका छन् । यसैबीच, इजरायली नाकाबन्दीका कारण गाजावासीहरू बिजुली, खाद्यान्न, चिकित्सा आपूर्ति र आश्रयस्थलको अभावबाट पीडित छन् । 





  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार १४:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया