इजरायलभित्रै प्रधानमन्त्री नेतान्याहुको विरोध, रोकिएला हमाससँगको युद्ध ?

इजरायल–हमास युद्ध जारी नै रहेका बेला इजरायलभित्र नै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोध सुरु भएको छ । नेतान्याहुलाई लिएर विपक्षी दलहरूले मोर्चावन्दी गर्न सुरु गरिसकेका छन् । इजरायलका विपक्षी नेता यायर लापिडले नेतान्याहु अब प्रधानमन्त्री बन्न नसक्ने बताए । 

इजरायलले अहिलेसम्म १५६ सैनिक गुमाइसकेको छ र यो युद्ध छिट्टै अन्त्य हुने सम्भावना छैन ।  विपक्षी नेता यायर लापिडको दाबी छ, ‘युद्धको बीचमा प्रधानमन्त्री बदल्नु राम्रो होइन, तर जो पदमा छ त्यो खराब हुन्छ र यसलाई निरन्तरता दिन सकिँदैन ।’

गाजामा इजरायलको बमबारीको सुरुमा नेतान्याहुको युद्ध मन्त्रिपरिषद् सामेल हुन अस्वीकार गरेका थिए । देशमै विरोध सुरु भए पनि इजरायलका प्रधानमन्त्री नेतान्याहुले हमास विरुद्धको आफ्नो चलिरहेको युद्ध नरोक्न बताउँदै आएका छन् । 





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार १२:५३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया