logo-img

चालीस हजारभन्दा बढीले अवलोकन गरे घरजग्गा मेला, २ अर्ब ५० करोडको कारोबार

आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोडभन्दा बढीको कारोबार भएको छ । पुस १२ गतेदेखि सञ्चालन भएको चारदिने मेलामा २ अर्ब ५० करोडभन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए । 

उनले ४० हजारभन्दा बढी अवलोकनकर्ताले मेला अवलोकन गरेको बताए । मेला सोचेको भन्दा पनि राम्रो भएको बताउँदै उनले मेलामा क्रेता र विक्रेता एकै ठाउँमा भेला भई सबै कुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो भएको बताए । 

उनले अर्कोपटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिबद्धता जनाए । लिखित र मौखिक रूपमा सरकारले केही गरोस् भनेर सुझाब दिए पनि काम नबनेपछि व्यवसायी सबै मिलेर मेला गर्दा सफल भएको बताए । ०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको उनले बताए । 



उनले मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको बताए । आठौँ घरजग्गा मेला पुस १२ गतेदेखि सञ्चालन भएको थियो ।





  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार २०:३०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया