सन् २०२४ मा आर्थिक सुधारको गतिलाई बलियो बनाउँछौँ : चिनियाँ राष्ट्रपति

राष्ट्रपति सी जिनपिङले चीनको अर्थतन्त्र पहिलेको तुलनामा लचिलो र गतिशील बनाउने बताएका छन् । सन् २०२४ को नयाँ वर्षको सन्देशमा सी चिनफिङले आर्थिक सुधारको गतिलाई बलियो बनाउन र दीर्घकालीन आर्थिक विकास हासिल गर्न चीन प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् । 

‘हामीले विगत धेरै वर्षहरूमा धेरै वास्तविक उपलब्धिहरू गरेका छौँ । हामीले सन् २०२३ लाई कडा परिश्रम र लगनशीलताको वर्षको रूपमा सम्झने छौँ । आगामी दिनमा पनि सोही प्रतिबद्धताका साथ काम गर्ने छौँ,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ लाई रोक्न ठूलो उपलब्धि हासिल गरेको पनि उल्लेख गरेका छन् । सबै चुनौतीका बाबजुद चीनको अर्थतन्त्र पहिलेको तुलनामा धेरै सुधार भएको पनि उनको भनाइ छ । 

यसैगरी आफ्नो सरकारले चीनको आधुनिकीकरणलाई दृढतापूर्वक पछ्याउने पनि राष्ट्रपति सीको भनाइ छ ।  हङकङ र मकाउलाई आफ्नो विशेष शक्तिको प्रयोगमा सहयोग गरिरहने पनि उनले उल्लेख गरेका छन् ।   
 





  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार १०:३१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया