छुरा प्रहारबाट घाइते दक्षिण कोरियाली नेताको घाँटीमा डेढ सेन्टिमिटरको चोट

दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे म्युङलाई दक्षिणपूर्वी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा ६० वर्षका एक व्यक्तिले घाँटीमा छुरा प्रहार गर्दा मङ्गलबार घाइते भएका छन् । 

लीलाई करिब डेढ सेन्टिमिटरको चोट लागेको बताइएको छ । स्थानीय समयअनुसार बिहान १०ः२७ बजे बुसानको नयाँ विमानस्थलको निर्माण स्थलको भ्रमण गरिसकेपछि लीको घाँटीको देब्रेपट्टी छुरा प्रहार भएको थियो । बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका लागि हेलिकोप्टरबाट सियोलको अस्पतालमा लगिएको छ । 

भिडियो फुटेजमा आक्रमणकारीले अटोग्राफ माग्दै लीको नजिक गएका र उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको देखिएको छ । ६० वर्षको किमको थरबाट मात्र पहिचान भएका आक्रमणकारीले डेमोक्र्याटिक पार्टीका नेतालाई मार्ने मनसाय रहेको प्रहरीलाई बताएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । 

किमले गत वर्ष इन्टरनेबाट करिब १८ सेन्टिमिटर लामो चक्कु किनेका थिए । उनको अन्य कुनै आपराधिक रेकर्ड थिएन ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले पुलिस र सम्बन्धित अधिकारीहरूलाई छिटो सत्यतथ्य पत्ता लगाउन र लीको उपचारका लागि सहयोग गर्न हरसम्भव प्रयास गर्न आदेश दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

युनले यस्ता हिंसात्मक कार्यलाई कुनै पनि हालतमा सहन नहुनेमा जोड दिए । 





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार ९:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया