तातो खोलेमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

झापामा तातो खोलेमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बाह्रदशी गाउँपालिका–५ का गोपाल टुडूकी दुई वर्षीया छोरी सृष्टि टुडूकाको उपचारको क्रममा मृत्यु भएको हो ।

पाँच दिनअघि घरमै तातो खोलेमा परेकी सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन नसकेको बताइएको छ ।

स्थानीय स्वास्थ्यचाैकीमा उपचार सम्भव नभएपछि उनलाई इजि हेल्थ केयर फाउन्डेसनको सहयोगमा थप उपचारका लागि काठमाडौंस्थित सुष्मा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

बालिकालाई बचाउन पूरा कोसिस गरे पनि बचाउन नसकिएको इजि हेल्थ केयर फाउन्डेसनका संरक्षक उज्ज्वलविक्रम थापाले जानकारी दिए । 





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार १३:१३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया