न्याय सेवाका सात उपसचिव र २ सय १२ अधिकृतको सरुवा (सूचीसहित)

न्याय सेवा आयोगले मंगलबार एकैपटक न्याय सेवाका सात उपसचिव र २ सय १२ अधिकृतको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय सेवा आयोगको बैठकले अदालतका ठूलो संख्याका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो ।

न्याय सेवा आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहेका छन भने सदस्यहरूमा कानुन मन्त्री धनराज गुरुङ, वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता दीनमणि पोखरेल छन् । 

आज सरुवा हुनेमा सात उपसचिवस्तरका र २ सय १२ शाखा अधिकृतस्तरका कर्मचारी छन् । सरुवा भएका कर्मचारीलाई ताकिएको ठाउँमा हाजिर हुन भनिएको छ ।  





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार १७:३७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया