logo-img

मिर्गौलामा पत्थरी हुन नदिन के गर्ने ? यस्तो छ, चिकित्सकको सुझाव

मिर्गौलाभित्र पिसाब बनेर निस्कने बाटोदेखि मूत्रनली, मूत्रथैली र पिसाब बाहिर निस्कने ठाउँमध्ये कुनै पनि ठाउँमा पत्थर जम्मा भएर बस्नुलाई मिर्गौलाको पत्थरी भनिन्छ ।  

मिर्गौलाको पत्थरी हुने धेरै कारणहरू हुन्छन् । जसमध्ये मिर्गौलाको बनावट, जन्मजातै मिर्गौलामा कुनै समस्या भएमा, पत्थर बनाउने क्याल्सियम र ओक्जालेटको मात्रा शरीरलाई चाहिनेभन्दा बढी भएमा, पानी कम पिउने गरेमा, पिसाबबाट इन्फेक्सन भएमा, अत्यधिक माछा मासु खाँदा पनि पत्थरीको समस्या हुन्छ । 

लामो समयसम्म पत्थरीले पिसाबको बहावमा अवरोध भएमा पिसाबको सङ्क्रमण हुने, मिर्गौला सुन्निने र मिर्गौला फेल हुनेसम्मको अवस्था आउँछ । त्यसैले मिर्गौलाको हेरचाह गर्न एकदमै जरुरी छ । मिर्गौला रोग विशेषज्ञ डा. प्रमोदकुमार क्षेत्री मिर्गौलामा पत्थरी हुन नदिन यस्ता सुझाव दिन्छन् : 



- अफिस भित्रै बसेर काम गर्ने व्यक्तिहरूले २४ घण्टामा कम्तीमा ३ लिटर पानी पिउनुपर्छ,
- पिसाब रोक्ने बानी गर्नु हुँदैन,
- सागसब्जी धेरै खाने बानीको विकास गर्नुपर्छ, 
- अफिस बाहिर काम गर्ने मानिसले ५ देखि ६ लिटर पिउन आवश्यक हुन्छ,
- एक दुई घण्टाको फरकमा पानी पिउने,
- नुनिलो खाने कुरा, जंकफुड, प्रशोधित खाने कुरा र धेरै मात्रामा अचार नखाने,
- मासु धेरै खाने व्यक्तिमा पत्थरी हुने सम्भावना बढी हुन्छ । त्यसैले मासु बढी खाने बानी भए हरियो सागसब्जी पनि सोहीअनुसार बढी खाने गर्नुपर्छ, 
- प्रशस्त मात्रामा पानी पिउँदा शरीरमा पत्थर बन्ने प्रक्रियामा रहेछ भने पनि पिसाबको माध्यमबाट बाहिर निस्कन्छ । पानी पर्याप्त पानी पिउने बानीले शरीरमा पत्थर जम्ने सम्भावना कम हुन्छ,
- पत्थरी भएको शङ्का भएमा सकेसम्म चाँडो मिर्गौला रोग विशेषज्ञ कहाँ गएर उपचारतर्फ नै लाग्नुपर्छ ।

मिर्गौला रोग विशेषज्ञ डा. प्रमोदकुमार क्षेत्रीसँगको कुराकानीमा आधारित
 





  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार ८:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया