मधेस सरकारबाट बाहिरियाे जनमत पार्टी

सिके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।  जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मधेस सरकारबाट बाहिरिएकाे हाे । 

मधेस प्रदेशमा जनमतले शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय गरी दुई मन्त्रालय लिएकाे थियाे । पार्टीका संसदीय दलका नेता तथा मन्त्री महेशप्रसाद यादवले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए। 

यादवले भने,‘नेपालको संविधानको धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजैको मितिबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौँ।’ 
पार्टीले मधेस सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएकाले केहीबेरमा राजीनामा बुझाउने उनले बताए । 

राष्ट्रिय सभा चुनावकाे सिट बाँडफाँटमा भाग नपाएकाे जनमत पार्टी सत्ता गठबन्धनसँग असन्तुष्ट छ। साेमबार मात्रै सप्तरीमा मधेस कृषि विद्यालयको शिलान्यास कार्यक्रमका क्रममा जनमतले विरोध जनाउने क्रममा मन्त्रीसहित तीनजना सांसद घाइते भएका थिए ।

साे कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले जसपालाई काखी च्यापेर आफूहरूलाई उपेक्षा गरेकाे जनमतकाे बुझाइ छ ।  





  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार १८:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया