गत वर्ष जापानको व्यापार घाटा ६३ अर्ब डलर

जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलरमा झरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

कूल निर्यात २.८ प्रतिशतले वृद्धि भइ पहिलोपटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ । निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो । 

कार वा चार पाङ्ग्रे अल्का साधनको निर्यात ३२.७ प्रतिशतले बढेको छ भने निर्माण तथा खानी मेसिनरीको निर्यात १६.२ प्रतिशतले बढेको छ ।

यसैबीच, तेल र ग्यासको मूल्यमा आएको कमीका कारण आयात ७।० प्रतिशतले घटेर ११०.१८ ट्रिलियन येनमा झरेको छ ।

बढ्दो आयात लागत र कमजोर येनको मारमा परेको जापानलाई बलियो निर्यात वृद्धिले आफ्नो व्यापार घाटा कम गर्न मद्दत गरेको छ । लगातार तेस्रो वर्षसम्म व्यापार घाटा भएको क्योदो न्यूजले जनाएको छ ।

डिसेम्बरमा मात्रै निर्यात अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको छ भने आयात ६.८ प्रतिशतले घटेको छ । यसको कारण मासिक व्यापार अधिशेष ६२.१ अर्ब येन पुगेको छ । 





  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार ११:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया