logo-img

कञ्चनपुरको बैजनाथ मन्दिरमा शिवको प्राण प्रतिष्ठा
फाइल तस्बिर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित प्राचीन सिद्धनाथ बैजनाथ मन्दिरमा आज कृष्ण प्रतिपदाको अवसर पारेर प्राण प्रतिष्ठाको कार्यक्रम गरी भगवान् शिवको मूर्ति स्थापना गरिएको छ ।

पञ्च ब्राम्हणले मन्त्रोच्चारण गरी भगवान शिवको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन् । स्थानीय भक्तजनले चन्दा सङ्कन गरी मन्दिर निर्माणसँगै भारतबाट अराध्यदेव शिवको सिंहमरमरको मूर्ति ल्याएका हुन् । मूर्तिसँगै मन्दिरमा शिव लिङ्ग पनि स्थापना गरिएको छ । 

मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्त, नगर प्रवक्ता लालबहादुर ऐर, वडाध्यक्ष कमल ठकुल्ला, दानसिंह ऐर, रमेश ऐर, नरेन्द्रप्रसाद चौधरीलगायत उपस्थित थिए । सिद्धनाथ बैजनाथ मन्दिर यसक्षेत्र कै प्राचीन मन्दिर हो । 



स्थानीय सामाजसेवी करन सिंह ऐरका अनुसार १० लाख रुपैयाँ चन्दा संकलन गरी मन्दिर  निर्माण  गरिएको हो । मन्दिरको भौतिक पूर्वाधार विकासमा वडा कार्यालयबाट ३ लाख रुपैयाँ बरावरको सहयोग प्राप्त भएको छ । 





  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार २२:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया