इन्डोनेसियालाई ४-० ले हराउँदै अस्ट्रेलिया एसियन कपको क्वाटरफाइनलमा

एएफसी एसियन कप फुटबलमा अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा इन्डोनेसियालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । 

सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाले साउदी अरेबिया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ । अस्ट्रेलियाले अग्रता भने आत्मघाती गोलबाट लिएको हो । इन्डोनेसियाका एल्कन बागोटले आफ्नै पोस्टमा गोल गरेपछि अस्ट्रेलियाले १२ औं मिनेटमा अग्रता लियो । 

४५ औं मिनटमा मार्टिन बोएलले गोल गर्दै पहिलो हाफमा अस्ट्रेलियालाई २–० को अग्रता दिलाए । ८९ औं मिनेटमा क्रेग गुडवीनले गोल गर्दै ३–० ले अघि बढाएका थिए भने दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा हेरी साउटरले गोल गरेपछि अस्ट्रेलिया ४–० को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । 
 





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार ७:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया