शहीदको सपना साक्षी राखेर काम गर्ने बेला आइसक्यो : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरूको सपना साक्षी राखि एकजुट भएर काम गर्ने बेला आइसकेको बताएकी छन् ।

मंगलबार काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले शहीदले देखेको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैका बीचमा साझा संकल्प चाहिएको बताइन् ।

उनले जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहीदको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको बताइन् ।

उपमेयर डंगोलले समृद्धिको मूल आधार भनेको आर्थिक विकास र रोजगारी रहेको भन्दै यसलाई सार्थक बनाउनका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको स्पष्ट पारिन् ।  

‘जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समूचित उपभोग गर्न शहीदहरूको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको छ । यो नै उहाँहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । समृद्धिको मुल आधार भनेको आर्थिक विकास र रोजगारी हो । यसलाई सार्थक बनाउनका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको छ,’ उपमेयर डंगोलले भनिन्, ‘नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, उत्थान र सँगसँगै स्वास्थ्य शिक्षामा पहुँच तथा समावेशी एवं पहुँचयुक्त विकासमा हामी प्रतिवद्ध छौँ । महानगरवासीको मुहारमा खुशी र सुखका अनुभूति ल्याउने निरन्तर रुपमा प्रयासरत छौँ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगतरूपमा नै सरकारहरूलाई नागरिकको मुहारमा खुसी ल्याउने कर्ममा लाग्नुपर्ने आजको यो सभाको पनि उद्देश्य र अर्थ हो । यसैबाट शहीदले देखेका सम्पूर्ण सपनाहरू पूरा हुनेछन् ।’  



उनले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगतरूपमा नै सरकारलाई नागरिकको मुहारमा खुसी ल्याउने कर्ममा लाग्नुपर्ने आजको उद्देश्य रहेको बताइन् । यसबाट नै शहीदले देखेका सम्पूर्ण सपना पूरा हुने विश्वास व्यक्त गरिन् ।    



  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार १०:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया