logo-img

प्रधानमन्त्री कप क्रिकेट : पुलिसले सुदूरपश्चिमलाई हरायो

विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाइ हराउँदै विजयी भएको छ । 

मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ७० रनले पराजित गर्दै प्रतियोगितामा नवौँ जित दर्ता गराएको छ । यस जितसँगै पुलिसले ९ खेलबाट १८ अंक जोडेको छ । पुलिस अंक तालिकाको शीर्ष स्थानमा छ । 

समान नौ खेल नै खेलको त्रिभुवन आर्मी क्लब १४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । यही माघ २० गते हुने फाइनल खेलमा पुलिस र आर्मी प्रतिस्पर्धा गर्नेछन् ।



सुरुवाती ब्याटिङ गरेको पुलिसले एक सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा सुदूरपश्चिम ३७ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रनमा समेटियो । सुदूरपश्चिमा गजेन्द्र बोहराले सर्वाधिक ३० रन बनाए भने किरण ठगुन्नाले २४ रन  जोडे । त्यसैगरी  नरेन साउदले २४ रन बनाएका थिए । 

बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरीले सात विकेट लिए भने ललित भण्डारी, सागर ढकाल र ललित राजवंशीले समान एक–एक विकेट लिएका थिए । त्यसअघि टस जितेर  ब्याटिङ गरेको पुलिसले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनको योगफल बनाएको थियो ।

पुलिसका लागि शंकर रानाले सर्वाधिक ४६ रनको योगदान दिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए भने अर्जुन साउदले ३२ तथा आरिफ सेखले २६ रन जोडेका थिए । 



सुदूरपश्चिमका शेर मल्लले तीन विकेट लिए भने नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान दुई दुई विकेट लिएका थिए । 



  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार २०:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया